हरि चन्द्र भट्टराई – बेलायत।
बेलायतस्थित शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर, अल्डरशटमा पवित्र श्रावण महिनाको अन्तिम सोमबार १० अगस्त २०२६ को दिन विशेष धार्मिक कार्यक्रम आयोजना हुने भएको छ।
भगवान् शिवको आराधना, पूजा, रुद्राभिषेक, भजन, सेवा तथा महादेवको स्मरण गर्नाले शान्ति, सुख, समृद्धि र आध्यात्मिक ऊर्जा प्राप्त हुने विश्वासका साथ यो कार्यक्रम राखिएको हो।
कार्यक्रमअन्तर्गत बिहान ८:०० बजेदेखि १०:०० बजेसम्म शिव पूजा, रुद्राभिषेक, प्रार्थना र सेवा तथा बेलुका ५:३० बजेदेखि ९:०० बजेसम्म शिव महिमा, भजन, पूजा, आरती र प्रसाद वितरणको कार्यक्रम तय गरिएको छ।
यस पावन अवसरमा एकजुट भई शिव पूजा, महिमा तथा प्रसाद वितरणमा सहभागी हुन सम्पूर्ण ट्रस्टीज्यूहरू, संरक्षकज्यूहरू, कार्यसमिति सदस्यज्यूहरू तथा सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गरिएको छ।
श्रद्धा, भक्ति, एकता र सेवाभावका साथ यस दिव्य कार्यक्रममा सहभागी भई भगवान् महादेवको आशीर्वाद प्राप्त गर्न आयोजकले सबैमा आह्वान गरेका छन्।






