बल्याकवाटर भ्याली रनर्ससंग १० किमी दौड समन्वय बैठक सम्पन्न

SHARE:

लिला सेलिङ माबो – बेलायत।

बल्याकवाटर भ्याली रनर्स (बिभिआर) सँग ग्रेटर रसमर नेपाली कम्युनिटी (जीआरएनसी) युकेले १० किमी दौड सम्बन्धी समन्वय बैठक गत शुक्रबार, ७ अगस्ट २०२६ मा जीआरएनसी कार्यालयमा सम्पन्न भएको छ।

गत वर्षभन्दा यस वर्ष दौडका लागि मार्सल व्यवस्थापनलाई अझ राम्रो र व्यवस्थित बनाउने विषयमा छलफल भएको यस बैठकमा बिभिआरका अध्यक्ष डेभिड पोर्टर र सचिव स्टिभ लोले कार्यक्रम सञ्चालनका लागि उपयोगी सुझाव तथा सल्लाहहरू दिनुभएको थियो।

बैठकले उपाध्यक्ष जीत मेन्याङ्बोलाई मुख्य संयोजकको जिम्मेवारी तोकेको छ भने खेलकुद सचिव बिमल गुरुङ र एथलेटिक्स सचिव किरण बुढा मगरलाई सँग समन्वय तथा सम्पर्क गर्ने जिम्मेवारी दिइएको छ। यसका साथै, सहायक सांस्कृतिक सचिव वीर बलालले साइकलमा घण्टी बजाउँदै धावकहरूलाई सहयोग गर्नुहुनेछ भने आगामी १२ सेप्टेम्बर २०२६ मा जीआरएनसी र बिभिआरको संयुक्त आयोजनामा पार्क रन आयोजना गरिने र उपाध्यक्ष जीत मेन्याङ्बोले जीआरएनसीको तर्फबाट नेपाली मेला र्‍यालीको पनि समन्वय गर्नुहुनेछ।

अत्यन्त फलदायी र उपलब्धिमूलक रहेको यस बैठकमा उपस्थित भई सुझाव सल्लाह दिने डेभिड पोर्टर, स्टिभ लो, बैठक आयोजना तथा इमेल समन्वय गर्ने महासचिव लेफ्टिनेन्ट सुनिल राना, काउन्सिलर तथा संस्थाका उपाध्यक्ष उत्तर गुरुङ, उपाध्यक्ष जीत मेन्याङ्बो, खेलकुद सचिव बिमल गुरुङ, एथलेटिक्स सचिव किरण बुढा मगर, अनिल थापा मगर लगायत सम्पूर्ण उपस्थित तथा अनुपस्थितिमा जानकारी अनुस्पस्थिति पठाउने सदस्यहरूलाई धन्यवाद ज्ञापन गरिएको छ।

अन्त्यमा, जीआरएनसीका अध्यक्ष लीला सेलिङ माबोले सम्पूर्ण जीआरएनसीका सदस्यहरूलाई निरन्तर सहयोग गर्दै एकताबद्ध भएर समुदायलाई अझ बलियो र सफल बनाउन सहकार्य गर्न हार्दिक अनुरोध गर्नुभएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!