तेस्रो NRNA कप २०२६ सेप्टेम्बर १९ मा, विजेतालाई £२,५०० पुरस्कार

SHARE:

गैरआवासीय नेपाली संघ (NRNA) यूकेको Youth Wing को आयोजनामा तेस्रो NRNA कप फुटबल प्रतियोगिता २०२६ आगामी १९ सेप्टेम्बर २०२६, शनिबार बिहान ८ बजेदेखि आयोजना हुने भएको छ।

प्रतियोगिता Springwest Academy, Browells Lane, Feltham, TW13 7EF मा हुनेछ। ९-ए-साइड प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा मुख्य, भेट्रान र महिला गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ।

पुरस्कार तथा प्रवेश शुल्क:

* मुख्य टोली: विजेता £२,५००, उपविजेता £१,२०० — प्रवेश शुल्क £२७५
* भेट्रान टोली: विजेता £१,५००, उपविजेता £७०० — प्रवेश शुल्क £२५०
* महिला टोली: विजेता £२५०, उपविजेतालाई ट्रफी तथा मेडल — प्रवेश निःशुल्क
* विजेता टोलीहरूलाई ट्रफी तथा मेडल समेत प्रदान गरिनेछ।
* उत्कृष्ट खेलाडीहरूलाई Top Scorer, Man of the Tournament र Best Goal Keeper को ट्रफी प्रदान गरिनेछ।

टोली दर्ताको अन्तिम मिति ३१ अगस्ट २०२६ तोकिएको छ। मुख्य/युवा विधामा १८ वर्षमाथि, भेट्रानमा ३६ वर्षमाथि र महिला विधामा १८ वर्षमाथिका खेलाडी सहभागी हुन सक्नेछन्।

आयोजक NRNA Youth Wing ले बेलायतमा रहेका नेपाली फुटबल क्लब तथा खेलप्रेमी समुदायलाई प्रतियोगितामा सहभागी भई कार्यक्रमलाई सफल बनाउन आग्रह गरेको छ।

“One Team, One Goal, One Community” भन्ने नारासहित आयोजना हुने तेस्रो NRNA कपले खेलकुदमार्फत नेपाली समुदायबीच एकता, मित्रता र भाइचारा थप मजबुत बनाउने लक्ष्य राखेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!