पुष्पा राणा घले – हाल बेलायत।
विश्वका सर्वोच्च हिमशिखरहरूमा नेपाली साहस र नेपालको नाम विश्वभर पुर्याउने पूर्वगोर्खा सैनिक तथा विश्वप्रसिद्ध पर्वतारोही निर्मल “निम्सदाइ” पुर्जा अब हामीमाझ हुनुहुन्न।
उहाँसँग कुन देशको पासपोर्ट थियो भन्ने कुरा कानुनी विषय होला; तर उहाँको जन्मभूमि नेपाल हो, उहाँको पहिचान गोर्खासँग जोडिएको छ र उहाँले विश्वसामु नेपालको नाम सधैँ उँचो बनाउनुभएको छ।
त्यसैले, नेपाल सरकारलाई मेरो सरल प्रश्न छ
राष्ट्रको गौरव बनेका आफ्नै सन्तानको अन्तिम बिदाइमा राष्ट्रिय सम्मान खोइ?
परिवारको इच्छा र कानुनी प्रक्रिया अनुकूल छ भने उहाँको पार्थिव शरीर नेपाल ल्याई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिनुपर्छ।
अझ, उहाँले नेपालको नाम विश्वभर पुर्याउनुभएको असाधारण योगदानको कदर गर्दै निम्सदाइलाई राष्ट्रिय विभूति घोषणा गर्ने विषयमा समेत सरकारले गम्भीर निर्णय गरोस्।
यो केवल निर्मल पुर्जाको सम्मान होइन
यो नेपाल, नेपाली र गोर्खाको गौरवको सम्मान हो। राष्ट्रले आफ्ना गौरवका सन्तानलाई अन्तिम बिदाइ पनि गौरवका साथ दिन सकोस्।






