शारदा गुरुङ – बेलायत।
साहारा यूकेको आयोजनामा गत अगस्ट ७, ८ र ९ तारिख बाथको रमणीय स्थानमा आयोजित तीनदिने समर फन क्याम्पिङ कार्यक्रम भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ।
साहारा यूकेका अध्यक्ष शारदा गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष नवीन गुरुङ, पूर्वअध्यक्षहरू मिनबहादुर गुरुङ, कुमार गुरुङ, कुसाङ गुरुङ, साहारा एफसीका अध्यक्ष हरिकुमार श्रेष्ठ तथा कृष्ण गुरुङ, सल्लाहकारज्यूहरू, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, परिवारजन र शुभचिन्तकहरू गरी करिब ५० जनाको सहभागिता रहेको थियो।
कार्यक्रमको संयोजन उपाध्यक्ष पिताम्बर गुरुङले गर्नुभएको थियो भने सञ्चालन महासचिव प्रकाश गुरुङले गर्नुभएको थियो। व्यवस्थापनमा सल्लाहकार सेरा गुरुङको महत्वपूर्ण भूमिका रहेको थियो।
तीन दिनसम्म विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, घुमफिर, हाइकिङ, सफारी तथा फुटबल, भलिबल, गल्फ, लेडिज चियर बल पास र सामूहिक खानपानसँगै सांगीतिक मनोरञ्जन गरिएको थियो। सपनकुमार राई तथा मन्जु गुरुङको मनोरञ्जनात्मक प्रस्तुतिले सहभागीहरूलाई थप उत्साहित बनाएको थियो। साथै, नौलो कुरा हुक्काको स्वादले सबैजनालाई नौलो अनुभूति गराएको थियो।
कार्यक्रममा मोना गुरुङ तथा आमासमूहको टोलीले तयार पार्नुभएको विभिन्न स्वादिष्ट नेपाली परिकारले सबै सहभागीको मन जितेको थियो।
अन्तिम दिन सहभागीहरूले टेन्ट तथा सामानहरू समेटी आपसमा आत्मीयता साटासाट गर्दै आगामी वर्ष पुनः भेट्ने वाचासहित कार्यक्रमको सुखद बिदाइ गरेका थिए।
कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने संस्थापक, पूर्वअध्यक्ष, सल्लाहकार, कार्यसमिति, आमासमूह, सहभागी परिवारहरू तथा सम्पूर्ण शुभचिन्तकहरूलाई अध्यक्ष शारदा गुरुङले हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ।
आपसी एकता, आत्मीयता र भाइचारालाई अझ मजबुत बनाउँदै आगामी वर्ष पनि यस्तै भव्य कार्यक्रम गरौँ” भन्ने सन्देशसहित साहारा यूकेको तीनदिने क्याम्पिङ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।






