लन्डन । बेलायतमा हुने चलचित्र ‘जुनकिरी’ प्रदर्शनमा सहभागी हुन नेपालबाट चलचित्र निर्देशक दीप गुरुङ, नायिकाद्वय रजनी गुरुङ र लक्ष्मी गुरुङ बुधबार प्रस्थान गरेका छन् ।
दुई नायिकासहित आफू बेलायतका लागि प्रस्थान गरेको निर्देशक दीप गुरुङले जनाएका छन् । उनले लेखेका छन्, ‘हाम्रो यात्रा । केही समयका लागि बेलायत ।
नायिकाद्वय रजनी गुरुङ र लक्ष्मी गुरुङ ।’
नेपाली गुरुङ समुदायको ऐतिहासिक एवं मौलिक घाँटू परम्परा र संस्कृतिमा आधारित चलचित्र ‘जुनकिरी’ संयुक्त अधिराज्य (युके)मा विशेष प्रदर्शन हुँदैछ । नेपाल, हङकङ र काठमाडौँका प्रिमियर शोहरूमा व्यापक प्रशंसा बटुलेको यस चलचित्रलाई अब बेलायतमा रहेका नेपाली दर्शकहरूमाझ लैजाने लागेको हो । जुनकिरी टिमको आयोजना तथा गोरखा जिल्ला गुरुङ समाज यूकेको सहआयोजनामा बेलायतका दुई छुट्टाछुट्टै सहरहरूमा रेड कार्पेट प्रिमियर, च्यारिटी शो र विशेष सांगीतिक कार्यक्रम आयोजना हुन लागेको हो ।
चलचित्र प्रदर्शनलाई थप मनोरञ्जक र विशेष बनाउन यस पटक हलहरूमा बृहत् सांगीतिक कार्यक्रमसमेत आयोजना गरिने भएको छ। प्राप्त जानकारीअनुसार केट्रीक शोः
२०२६ सेप्टेम्बर ५, शनिबार, साँझ ठीक ६ बजे
अल्डरसट शोः २०२६ अक्टोबर ४, शनिबार साँझ ठीक ६ बजे एम्पायर हलमा हुनेछ ।






