काठमाडौं । एनआरएनए यूकेकी पूर्वअध्यक्ष पुनम गुरुङ दम्पतीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेटेका छन् ।
पुनम र उनका श्रीमान् पूर्व ब्रिटिस-गोर्खा सैनिक कमल गुरुङले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वमन्त्री हिसिला यमीलाई मंगलबार भेटेका हुन् । उनीहरूले भट्टराई र यमीको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिए ।
स्वास्थ्यलाभको कामना र सद्भावका लागि पुनम गुरुङ दम्पतीप्रति भट्टराईले हार्दिक आभार व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।






