बीसीसी गुम्बामा निर्मल पुर्जाको स्मृतिमा दीप प्रज्वलन तथा पूजापाठ

SHARE:

पूर्ण गुरुङ, लण्डन।

विश्वप्रसिद्ध हिमाल आरोही निर्मल पुर्जा (निम्स दाइ) को असामयिक निधनको शोकमा गत मङ्गलबार (११ अगस्ट) का दिन बेलायतको अल्डरसटस्थित बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युके गुम्बामा दीप प्रज्वलन तथा विशेष पूजापाठ सम्पन्न भएको छ।

गत जुलाई ३० तारिखका दिन पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणको क्रममा विश्वकीर्तिमानी हिमाल आरोही निम्स पुर्जासहित १० जनाको हिमपहिरोमा परी निधन भएको थियो। कार्यक्रममा उनीहरू सबैप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको थियो।

कार्यक्रममा पूज्य गुरुवर्गहरू रिन्पोछे लुङ्गरिक, खेन्पो वाङ्चुक, खेन्पो क्याल्जेङ् र आचार्य पासाङद्वारा मोल्लम पाठ तथा विशेष पूजापाठ गरिएको थियो।

उक्त कार्यक्रममा बीसीसी युकेका अध्यक्ष आङदावा शेर्पा, बीसीसी युकेका संस्थापक आमाप्रमुख ज्ञानुमाया गुरुङ र आमाप्रमुख शारदा गुरुङले संयुक्त रूपमा दीप प्रज्ज्वलन गरी दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए। त्यस्तै, बीसीसी युकेका पदाधिकारी, सल्लाहकार, ट्रष्टीज मेम्बर्स तथा आमाहरूले समेत १०८ वटा दीप प्रज्वलन गरी दिवंगत आत्माको चिरशान्तिको कामना गरे।

हाल निर्मल पुर्जाको पार्थिव शरीर बेलायत ल्याइिसकिएको र आगामी २६ अगस्ट (बुधबार) का दिन अन्त्येष्टि गरिने बताइएको छ।

बीसीसी युकेका अध्यक्ष आङदावा शेर्पाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन बीसीसी युकेका महासचिव मेजर कुमार गुरुङ एमभीओले गरेका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!