काठमाडौँ । नेपाल प्रहरीले जनआस्था साप्ताहिका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । श्रेष्ठलाई बुधबार साँझ ललितपुरको कुसुन्तीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दानबहादुर थापाले जनाएका छन् ।
श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा वैयक्तिक गोपनीयता ऐनसम्बन्धी कसुरमा जाहेरी दर्ता भएको थियो । अदालतबाट अनुमति लिएर पक्राउ गरिएको हो ।
यसैबीच पत्रकार श्रेष्ठको पक्राउको विरोधमा पत्रकारहरु आन्दोलित बनेका छन् । नेपाल पत्रकार महासंघको अगुवाइमा जिल्ला प्रहरी परिसर काठमाडौं कार्यालय अगाडि बिहीबार प्रदर्शन गरिएको छ । उनीहरुले पत्रकार श्रेष्ठलाई बिनाशर्त रिहा गर्न माग गरेका छन् ।






