पहिरोले घर पुरिँदा रोल्पामा तीन जनाको मृत्यु

SHARE:

रोल्पा । सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान ८:१० बजे स्थानीय वीरु घर्ती मगरको घर पहिरोले पुरिँदा घरमा रहेका तीन जना बेपत्ता भएका थिए । घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीले खोजी तथा उद्धार कार्य अघि बढाएका थिए ।

खोजी गर्ने क्रममा बिहान ११:३० बजे तीनै जनाको शव फेला परेको हो । मृत्यु हुनेमा सुनछहरी गाउँपालिका–२ फलबाङका ७७ वर्षीय वीरु घर्ती मगर, ६८ वर्षीया सनी घर्ती मगर र ७० वर्षीया लली घर्ती मगर रहेका छन् ।

पहिरोका कारण घर पुरिँदा उनीहरूको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!