बेलायतमा कट्टर दक्षिणपन्थी राजनीतिज्ञ निगेल फारेजबारे छानबिन पुनः सुरु

SHARE:

लन्डन । बेलायतको संसदीय नैतिकता निगरानी निकायले शुक्रबार कट्टर दक्षिणपन्थी राजनीतिज्ञ निगेल फारेजलाई दिएको ५० लाख पाउण्ड (६७ लाख डलर) को उपहारसम्बन्धी छानबिन फेरि सुरु गरेको छ । यो छानबिन उनी उपनिर्वाचनमा सांसदका रूपमा पुनः निर्वाचित भएको केही घण्टापछि सुरु भएको हो ।

फारेजले पूर्वी इङल्याण्डको आफ्नो संसदीय क्षेत्र ‘क्लाक्टन’ सजिलै फिर्ता लिन सफल भएका छन् । उनले त्यहाँबाट सन् २०२४ मा पहिलो पटक जितेका थिए । प्रमुख दलहरूले निर्वाचन प्रक्रियालाई नाटक भनेर बहिष्कार गरेको यो प्रतिस्पर्धामा उनले ६३ प्रतिशत मत पाएका छन् ।

उनका मुख्य प्रतिद्वन्द्वी काउन्ट बिनफेसले करिब २७ प्रतिशत मत प्राप्त गरेका छन् । आप्रवासनविरोधी रिफर्म युकेका नेता फारेजले गत महिना आफ्नो वित्तसम्बन्धी छानबिनका कारण वेस्टमिन्स्टरको सिटबाट राजीनामा दिएपछि बिहीबारको मतदान भएको थियो । मतदानपछि छानबिन स्थगित भएको थियो।

उनको उपनिर्वाचन जितसँगै संसदीय मापदण्ड आयुक्त ड्यानियल ग्रीनबर्गले छानबिन स्वतः पुनः सुरु भएको बताएका छन् ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!