नुवाकोट । जिल्लाको शिवपुरी गाउँपालिका–७ ठानाभन्ज्याङमा बस र ईभी माइक्रो एकै ठाउँबाट खस्दा कम्तीमा ५ जना घाइते भएका छन् ।
काठमाडौंबाट नुवाकोट दुप्चेश्वरका लागि छुटेको बागमती प्रदेश-०८, ००१ ख ००५२ को बस र बागु्मती प्रदेश-०३, ००१ ज ११७६ इभी माइक्रो टोखा–छहरे सडकखण्डअन्तर्गत ठानाभन्ज्याङमा शनिबार बिहान करिब ८ बजे सडकबाट करिब ५० मिटर तल खसेको गुर्जे अस्थायी प्रहरी चौकीले जनाएको छ । प्रहरीका अनुसार रोकिराखेको बस अचानक बगेर ईभीसमेत सोहोर्याएर तल खसेको हो ।
घाइतेहरुलाई उपचारका लागि काठमाडौं पठाइसकिएको छ । उनीहरुको खनाखत भइसकेको छैन ।







