वोकिङ । बेलायतको वोकिङमा नेपाली महिलाहरूको प्रमुख पर्व हरितालिका तीजको अवसरमा ‘हरितालिका तीज विशेष कार्यक्रम २०२६’ आयोजना हुने भएको छ।
वोकिङ नेपाली समाज सेवा यूकेले आउँदो सेप्टेम्बर ५ शनिबार वोकिङवासी नेपाली दिदीबहिनीहरूलाई लक्षित गरी All Saints Church, Woodham, वोकिङमा तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको हो ।
कार्यक्रम साँझ ५ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछ। तीजको अवसरमा दिदीबहिनीहरूबीच भेटघाट, शुभकामना आदानप्रदान तथा मनोरञ्जनात्मक कार्यक्रम गरिने जनाइएको छ।
आयोजकले वोकिङ तथा आसपास क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी भई तीजको खुसी साटासाट गर्न आग्रह गरेको छ। टिकेट ५ पाउन्ड लाग्ने छ ।






