बेलायतमा ‘हङकङ आइडी’ चलचित्रको भव्य प्रदर्शन

SHARE:

पूर्ण गुरुङ
अल्डरसट । बेलायतमा नेपाली चलचित्र ‘हङकङ आइडी’को विशेष प्रदर्शन भएको छ।

घान्द्रुक काम्चे कोने खलक यूकेको आयोजनामा आइतबार १६ अगस्ट २०२६ मा अल्डरसटस्थित एम्पायर हलमा उक्त चलचित्र प्रदर्शन गरिएको हो । लप्सन गुरुङको निर्माण तथा कथामा तयार पारिएको उक्त चलचित्रलाई खुसबहादुर गुरुङले लेखन तथा निर्देशन गरेका हुन् । धेरै जसो नेपालको प्रसिद्ध पर्यटकीय गाउँ घान्द्रुकका रमणीय दृश्यहरूमा छायांकन गरिएको चलचित्रले सामाजिक यथार्थलाई प्रस्तुत गरेको छ।

विशेषगरी सहकारी ठगीका कारण एउटा परिवार कसरी घरबारविहीन बन्न पुग्छ, परिवारका सदस्यहरूबीच कसरी बिछोड हुन्छ र त्यसले साना नाबालकहरूमा कस्तो असर पार्छ भन्ने विषयलाई चलचित्रमा मार्मिक ढङ्गले उतारिएको छ। साथै, विषम परिस्थितिमा आफ्ना आफन्तले निभाएको अभिभावकत्व भूमिका र संरक्षणको सन्देश पनि चलचित्रको कथाले दिएको छ।

हङकङ र पोखरामा समेत छायांकन गरिएको चलचित्र प्रदर्शनको क्रममा घान्द्रुक समाज यूकेका पूर्वअध्यक्ष नारायण सिंह गुरुङले गाउँको सामान्य गोठालो जीवन बिताएका लप्सन गुरुङले यत्तिको उत्कृष्ट चलचित्र निर्माण गर्नु सम्पूर्ण समुदायका लागि गौरवको विषय भएको बताए । उक्त प्रदर्शनमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू र बेलायतवासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो।

चियापान कार्यक्रमसहित सम्पन्न उक्त प्रदर्शनीलाई विशेषगरी घान्द्रुकवासी तथा दर्शकहरूले निकै रुचाएका थिए ।

तस्बिर : बिमल गुरूङ

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!