लन्डन । ग्रेटर रश्मूर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेका निवर्तमान अध्यक्ष मान गुरुङले मानवसेवा आश्रम सामाखुसीलाई १ लाख रुपैयाँ सहयोग गरेका छन् ।
बेलायतमा ‘अनलेस योर इनर सेल्फ’कार्यक्रम सञ्चालन गरेर संकलित सहयोग १ लाख ४८७ रुपैयाँ समाजसेवी गुरुङले आइतबार ठूली दिदी सुधा गुरुङमार्फत हस्तान्तरण गराएका हुन् । मानव सेवा आश्रमका तर्फबाट सहयोगी दातालाई प्रदान गरिएको प्रमाणपत्र सुधा गुरुङले नै ग्रहण गरेकी छन् ।
सहयोग हस्तान्तरणपछि मान गुरुङले गोर्खा आमा समूह अल्डरसटकी अध्यक्ष धनमाया गुरुङसहितका टिम, परिवार र
‘अनलेस योर इनर सेल्फ’का ९ वटा कार्कक्रममा प्रत्यक्ष–अप्रत्यक्ष सहयोग पुर्याउने सबैमा धन्यवाद दिएका छन् ।


मान गुरुङ






