यस्तो भयो ईलमपोखरी समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम [हेरौं २२ तस्बिरहरु]

SHARE:

लन्डन । ईलमपोखरी समाज यूकेको वार्षिक गृष्मकालीन कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको छ ।

बेलायतको अल्डरसटस्थित अल्डरवुड लिजर सेन्टरमा शनिबार १५ अगस्टमा परशु गुरुङको अध्यक्षता र लमजुङ समाज यूकेका अध्यक्ष तथा ईसमपोखरी समाजका निवर्तमान अध्यक्ष पूर्णराज गुरुङको प्रमुख आतिथ्यतामा भेटघाट कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा गोरखाली समाज यूके, गोरखा जिल्ला गुरुङ समाज यूके, तनहुँ समाज यूकेलगायत विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति थियो ।

कार्यक्रममा खेलकुद, मनोरञ्जन, राफल ड्र भएको थियो । कार्यक्रममा लोकप्रिय गायिका मञ्जु विक, प्रिया गुरुङ र नायिका तथा डान्सर लक्ष्मी गुरुङले प्रस्तुति राखेका थिए । साथमा स्थानीय कलाकारको पनि प्रस्तुति थियो ।

उपाध्यक्ष प्रकाश गुरुङले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव कुमार गुरुङले सञ्चालन गरेका थिए । सांस्कृतिक कार्यक्रममा सबिता गुरुङको उद्घोषण रहेको थियो ।

तस्बिरहरु : पूर्णराज गुरुङ,मञ्जु विक, प्रिया गुरुङ र लक्ष्मी गुरुङको फेसबुक फेजबाट साभार

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!