पोखरा निवासी साहित्यकार गौरी तमू सम्मानित

SHARE:

चितवन । पोखरा निवासी साहित्यकार गौरी तमू सम्मानित भएकी छन् ।

तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालले चितवनमा सोमबार आयोजना गरेको चौथो गुरुङ भाषा प्रसारण दिवसको अवसरमा गौरीलाई सम्मान गरेको हो । उनलाई प्रमुख अतिथि एटजोन तथा फोनिजका पूर्वअध्यक्ष डण्ड गुरुङले सम्मानपत्र प्रदान गरे ।

गुरुङ साहित्यिक मञ्चका संस्थापक अध्यक्ष तथा गुरुङ भाषा साहित्यकी अन्वेषक गौरीलाई चितवनको सञ्चारमाध्यममा पहिलोपटक तमू भाषाको समाचार प्रसारण गरेकोमा सम्मान गरिएको संघले जनाएको छ । गौरीले २०५९ फागुन १ गते चितवनस्थित कालिका एफएमबाट तमू भाषामा कार्यक्रम सुरुवात गरेकी थिइन् ।

२०५१ भदौ १ गते रेडियो नेपालबाट पहिलोपटक गुरुङ, तामाङ, मगरलगायत मातृभाषामा समाचार प्रसारण भएको थियो । सोही दिनको अवसर पारेर एटजोनले हरेक वर्ष भदौ १ गते प्रसारण दिवस मनाउन थालेको हो ।

कार्यक्रम एटजोनका अध्यक्ष लाला गुरुङको अध्यक्षतामा भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!