तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड–२०२६ मा मिरुना मगर उत्कृष्ट अभिनेत्री

SHARE:

काठमाडौँ । तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड–२०२६ (इन्फा अवार्ड) मा मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित भएकी छन् ।

काठमाडौंमा शनिबार सम्पन्न अवार्ड समारोहमा मिरुना मगरले चलचित्र ऊनको स्वीटरबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् ।

यस्तै नीर शाह र विपिन कार्की उत्कृष्ट अभिनेता घोषित हुँदा नविन चौहान उत्कृष्ट निर्देशक तथा ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र घोषित भएको छ। त्यस्तै, पल शाह लोकप्रिय अभिनेता र जसिता गुरुङ लोकप्रिय अभिनेत्री बनेका छन्।

इन्फा इभेन्ट्स नेपाल र इन्फा इभेन्ट्स यूकेको संयुक्त आयोजनामा भएको अवार्डमा २०८२ साल वैशाख १ देखि चैत मसान्तसम्म प्रदर्शनमा आएका ४० भन्दा बढी चलचित्रमध्ये विभिन्न विधामा उत्कृष्ट पाँच मनोनयन छनोट गरिएको थियो। तीमध्येबाट निर्णायक मण्डलले विजेता चयन गरेको आयोजकले जनाएको छ।

कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई दीर्घसाधना सम्मान प्रदान गरियो । उनलाई नगद १ लाख ११ हजार १११ रुपैयाँ पनि प्रदान गरियो । गैरप्रतिस्पर्धात्मक अर्थात् सहायक विधाको जुरी अवार्डतर्फ फिल्म सिटामोलबाट सौगात मल्ल अभिनेता, निर्देशकतर्फ फिल्मको रमिताको पिरतीबाट सुदीप्ता अधिकारी, फिल्मतर्फ गुन्युचोलोबाट समुन्द्र भट्टलाई प्रदान गरियो । कविता नेपाललाई ‘पर्फमर अफ द इयर’, उषा उप्रेतीलाई ‘इन्करेजमेन्ट अवार्ड’, जसिता गुरुङलाई ‘जेरीः अन टप’बाट लोकप्रिय अभिनेत्री र पल शाहलाई लोकप्रिय अभिनेताको अवार्ड वितरण गरियो ।

कसले कुन विधामा जिते ? यस्तो छ सूची :
१) उत्कृष्ट फिल्म : ऊनको स्विटर
२) उत्कृष्ट निर्देशक : नवीन चौहान (ऊनको स्वीटर)
३) उत्कृष्ट अभिनेता : नीर शाह (परान), विपिन कार्की (ऊनको स्विटर)
४) उत्कृष्ट अभिनेत्री : मिरुना मगर (ऊनको स्विटर)
५) उत्कृष्ट चरित्र अभिनेत्री : लक्ष्मी गिरी (श्री बुकुरो)
६) उत्कृष्ट चरित्र अभिनेता : सन्तोष पन्त (हर्ष)
७) उत्कृष्ट द्वन्द्व निर्देशक : श्री श्रेष्ठ (राम नाम सत्य)
८) उत्कृष्ट खलपात्र : सृष्टि श्रेष्ठ (द ब्लू लाइट)
९) उत्कृष्ट छायाँकार : निमेष रेग्मी (जेरीः अन टप)
१०) उत्कृष्ट सह-अभिनेता : प्रकाश दाहाल (अभिमन्यू)
११) उत्कृष्ट सह-अभिनेत्री : आँचल शर्मा (जेरीः अन टप)
१२) उत्कृष्ट पाश्र्वसंगीत : मोहक श्रेष्ठ (द ब्लू लाइट)
१३) उत्कृष्ट नवअभिनेत्री : श्यामश्री शेर्पा (माइतीघर)
१४) उत्कृष्ट नवअभिनेता : विमोचन दवाडी (झरीपछिको इन्द्रेणी)
१५) उत्कृष्ट पार्श्व गायिका : झुमा लिम्बु (ऊनको स्विटर)
१६) उत्कृष्ट पाश्र्वगायक : सुजन चापागाईं (ऊनको स्विटर)
१७) उत्कृष्ट गीतकार : हर्क साउद (ऊनको स्विटर)
१८) उत्कृष्ट पटकथा : नवीन चौहान र सुरज (ऊनको स्विटर)
१९) उत्कृष्ट सम्पादन : निमेष श्रेष्ठ (जेरीः अन टप)
२०) उत्कृष्ट नृत्य निर्देशक : रामजी लामिछाने (मोहर)
२१) उत्कृष्ट संगीतकार : सुजन चापागाईं (ऊनको स्वीटर)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!