काठमाडौं । नेपालको बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का किरण थापा मगर नियुक्त भएका छन् ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सांसद थापालाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को समर्थनमा प्रदेश प्रमुखसमक्ष बुधबार दाबी पेस गरेका थिए ।
१०४ सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सांसदले थापालाई समर्थन गरेका छन् ।






