समाजसेवी ओमबहादुर गुरुङले दिए जन्मदिनमा मानवसेवा आश्रमलाई ७ लाख १६ हजार

SHARE:

लन्डन । समाजसेवी ओमबहादुर गुरुङले आफ्नो ८४ औं जन्मदिनको अवसरमा मानवसेवा आश्रमलाई ७ लाख १६ हजार १ सय ११ रुपैयाँ सहयोग दिएका छन् ।

गुरुङले आश्रमको एक कोठे भवन निर्माणका लागि ६ लाख ५१ हजार १ सय ११ रुपैयाँ र आश्रित व्यक्तिहरुलाई बिहानको विशेष भोजनको निम्ति नगद ६५ हजार रुपैयाँ सहयोग गरेका हुन् । ओमबहादुर गुरुङको ८४ औँ जन्मदिनको अवसर पारेर उक्त रकम कास्की पोखरा महानगरपालिका–६, बैदाम निवासी शेरमान गुरुङ र बिन्दु गुरुङद्वारा हस्तान्तरण गरिएको मानवसेवा आश्रमले जनाएको छ ।

जन्मदिनको अवसरमा हुने खर्चलाई सामाजिक सेवामा लगाउँदै आश्रममा आश्रित व्यक्तिहरूको सेवामा योगदान पुर्‍याउने उद्देश्यले सहयोग गरिएको हो ।

मानवसेवा आश्रमले गुरुङको सहयोगप्रति आभार व्यक्त गर्दै सामाजिक सेवाप्रतिको उनको भावना र योगदानको प्रशंसा गरेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!