नेपाल पत्रकार महासंघ यूकेले २३ अगस्टमा ‘वंशजको नागरिकता निरन्तरता’ बहस कार्यक्रम गर्ने

SHARE:

लन्डन । नेपाल पत्रकार महासंघ यूकेको आयोजनामा ‘वंशजको नागरिकता निरन्तरता’ विषयमा बहस कार्यक्रम हुँदैछ ।

मिचेटस्थित तमु धीं यूके भवनमा यही २३ अगस्ट २०२६ आइतबार उक्त बहस कार्यक्रम हुन लागेको हो । दिउँसो २ बजे आयोजना हुने कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष रामशरण सिम्खडा, सीएनसीबीजीका अध्यक्ष थर्क राना र अधिवक्ता गोविन्द बेल्वासे अतिथिका रूपमा सहभागी हुनेछन्।

कार्यक्रममा नेपाल पत्रकार महासंघ यूकेकी उपाध्यक्ष प्रमिला लाबुङ राई र महासचिव खेमराज रानाभाटले प्रस्तोताका रूपमा भूमिका निर्वाह गर्नेछन् ।

विदेशमा रहेका नेपालीका सन्तानको वंशजको नागरिकता निरन्तरतासँग सम्बन्धित विषयमा पछिल्लो समय देखिएका कानुनी तथा नीतिगत बहसलाई केन्द्रमा राखेर कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। कार्यक्रम नेपाल पत्रकार महासंघ यूकेको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारणसमेत गरिने जनाइएको छ।

आयोजकले कार्यक्रममा सहभागी हुन बेलायतवासी नेपाली लगायतलाई आग्रह गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!