बेलायतमा आगामी २६ सेप्टेम्बरमा ‘काव्य–सन्ध्या’ हुने

SHARE:

लन्डन । बेलायतमा आगामी २६ सेप्टेम्बरमा ‘काव्य–सन्ध्या’ हुने भएको छ ।

बेलायतमा नेपाली साहित्यको प्रवर्द्धन तथा स्रष्टाहरूलाई सिर्जना प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उद्देश्यले ‘साहित्य सङ्गालो’ परिवारको संयोजनमा तेस्रो शृङ्खलाअन्तर्गत ‘काव्य–सन्ध्या’ आयोजना हुने भएको छ । आयोजकका अनुसार कार्यक्रममा आठ जना नेपाली कविहरूले आफ्ना सिर्जना प्रस्तुत गर्नेछन्। कविता वाचनसँगै सहभागी कविहरूको छोटो साहित्यिक परिचय तथा बायोडाटासमेत प्रस्तुत गरिनेछ। कार्यक्रममा सहभागी हुने कविहरूले तीनवटा कविता छनोट गरी सेप्टेम्बर १५ तारिखभित्र आयोजकलाई पठाउनुपर्नेछ, जसमा लामो–छोटो मिलाएर कविता छनोट गर्न अनुरोध गरिएको छ। कविता पठाउनका लागि kedarsangket@gmail.com इमेल आइडी दिइएको छ ।

कार्यक्रममा सहभागी कविहरूलाई आफ्ना कविता वाचनका साथै आफ्नो जन्म जिल्लासहितको संक्षिप्त बायोडाटा उपलब्ध गराउन आग्रह गरिएको छ। कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहभागी तथा साहित्यप्रेमीहरूबाट सुझाव र सल्लाहसमेत मागिएको आयोजकले जनाएको छ।

कार्यक्रम २६ सेप्टेम्बर २०२६ को दिन दिउँसो १:३० बजे चिया–खाजाको व्यवस्था गरिनेछ भने २ बजेबाट कविता वाचन कार्यक्रम सुरु हुनेछ । कार्यक्रम अल्डरसटस्थित सुसी मोटोमा हुने आयोजकले जनाएको छ। निर्धारित समयमा उपस्थित भई कार्यक्रम सफल बनाउन सहयोग गर्न आयोजकले सबैलाई आग्रह गरेको छ।

‘साहित्य सङ्गालो’ परिवारले बेलायतमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्दै साहित्यकारबीचको भेटघाट र सिर्जनात्मक आदानप्रदानलाई निरन्तरता दिँदै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!