गुरुङ सोसाइटी केन्ट यूकेको आँगनमा कौरा–चुड्का गीतको छायांकन

SHARE:

केन्ट, यूके । गुरुङ सोसाइटी केन्ट यूकेको इतिहासमा पहिलोपटक आफ्नै आँगनमा गुरुङ कौरा–चुड्का गीतको छायांकन सफलतापूर्वक सम्पन्न भएको छ।

बेलायतको सुन्दर नगरी केन्टमा बसोबास गर्दै आएका गुरुङ समुदायको सहभागितामा गत २५ र २६ जुलाई २०२६ मा दुई दिनसम्म छायांकन गरिएको हो । गुरुङ समुदायको मौलिक भेषभूषा, कला, संस्कृति, भाषा, गीत–संगीत तथा नृत्यलाई एउटै थलोमा समेटेर तयार पारिएको उक्त भिडियो परियोजनालाई समाजले आफ्नो इतिहासमा महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको गुरुङ सोसाइटी केन्ट यूकेका अध्यक्ष गोलमान गुरुङले बताए ।

विदेशमा रहेर पनि मौलिक पहिचान, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्दै भावी पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले छायांकन गरिएको समाजका अध्यक्ष गोलमान गुरुङले बताएका छन् । छायांकनमा समाजका अग्रजदेखि युवा पुस्तासम्मको उत्साहपूर्ण सहभागिता रहेको थियो। समुदायको एकता, सहकार्य, मेहनत र समर्पणका कारण कार्यक्रम सफल भएको अध्यक्ष गुरुङले उल्लेख गरेका छन्।

हाल उक्त भिडियोको अन्तिम सम्पादन कार्य भइरहेको छ। निर्देशक तथा कोरियोग्राफर रोशन गुरुङ र उनको टिमले भिडियोलाई थप आकर्षक र उत्कृष्ट बनाउन मिहिनेत गरिरहेको जनाइएको छ। अन्तिम भिडियो सार्वजनिक हुने प्रतीक्षामा समुदाय उत्साहित रहेको छ।

ऐतिहासिक छायांकन सफल बनाउन योगदान पुर्‍याउने निर्देशक तथा कोरियोग्राफर रोशन गुरुङ र उनको सम्पूर्ण टिम, कलाकार, समाजका पदाधिकारी तथा सदस्यहरूका साथै प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र सहभागिता जनाउने सबैप्रति गुरुङ सोसाइटी केन्ट यूकेले आभार व्यक्त गरेको छ।

अध्यक्ष गुरुङका अनुसार यो परियोजना केवल एउटा गीतको छायांकन मात्र नभई गुरुङ समुदायको मौलिक कला, संस्कृति र पहिचानलाई संरक्षण गर्दै भावी पुस्ताका लागि छोडिने महत्वपूर्ण सांस्कृतिक दस्तावेज र सुन्दर चिनो समेत हो ।

विदेशमा रहेर आफ्नो मौलिक संस्कृति संरक्षण र पुस्तान्तरणका लागि गरिएको यस किसिमको सामूहिक प्रयासले बेलायतमा रहेका गुरुङ समुदायको सांस्कृतिक सक्रियतालाई समेत उजागर गरेको छ।

तस्बिर : गोलमान गुरुङ

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!