सांसद राधिका तामाङद्वारा अवरुद्ध मध्यपहाडी लोकमार्ग अवलोकन, यथासक्य सञ्चालनमा ल्याउन निर्देशन

SHARE:

नुवाकोट । बागमती प्रदेश सांसद एवं पूर्व उपसभामुख राधिका तामाङले जिल्लाको शिवपुरी गाउँपालिका–५ मा बाढीपहिरोका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गको अवलोकन गरेकी छन् ।

सांसद तामाङ शनिबार लोकमार्ग अवलोकन गर्दै यथासक्य सडक सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छन् ।
साथै पन्चकन्या गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, तादी गाउँपालिका र लिखु गाउँपालिकाभित्र बाढी र पहिरोबाट विस्थापित परिवारको अवस्था बारेमा जानकारी लिइन् ।

अवलोकनका क्रममा शिवपुरी गाउँपालिकाका उपाध्यक्ष वीरबहादुर तामाङ, नेकपा अध्यक्ष मिनबहादुर तामाङ, शिवपुरी वडा नं. १ का अध्यक्ष सुकुराम तामाङ, वडा नं. ५ का अध्यक्ष रेशम तामाङलगायतको उपस्थिति थियो ।

बिहीबार रातिको अविरल वर्षाको कारणले नुवाकोट जिल्लाको पूर्वी भागको विभिन्न स्थानीय तह दुप्चेश्वर, शिवपुरी, तादी, पञ्चकन्या, सुर्यगढी, ककनी र लिखु गाउँपालिकाका विभिन्न गाउँ र सडकहरूमा बाढीपहिरोले कृषियोग्य जमिन, पुल, पशु चौपाया लगायतको व्यापक क्षति भएको थियो । त्यस दिनको बाढीपहिरोले पञ्चकन्या–४ को मुख्य तथा ग्रामीण सडकहरू पूर्णरूपमा अवरुद्ध, शिवपुरी गाउँपालिका-५, स्थित कृषि उपज संकलन केन्द्र तथा छहरे पाटी-भन्ज्याङ लोकमार्गको पुलमा क्षति भई बुढीसेरा-पार्टीभन्ज्याङ सडक अवरुद्घ, पञ्चकन्या वडा नं. २ भसभसेका सृष्टिलाल श्रेष्ठको गोठ भत्किँदा भैँसीलाई चोटपटक, सोम बहादुर तामाङको गोठ पहिरोले बगाउँदा २ वटा भैँसी घाइते, तादी गाउँपालिका वडा नं ४ स्थित ढाँडेमा ठुलो पहिरो आएर सातविसे समुन्द्रटार सडक खण्ड अवरुद्ध भएको र केही घरहरु जोखिममा रहेको र खेतीयोग्य जमिनहरुमा समेत क्षति पुगेको छ ।

पन्चकन्या ३ झिगानेका फुललामा ग्लानको गोठ पूर्ण रुपमा बगाउँदा दुई भैंसी बगेर घाइते र घरबारी भासिएको । बोकेडाँडाको जितबहादुर ब्लोनको दाजुभाइको घरमा पहिरो झरेर पूर्णरुपमा क्षति भएको छ । लिखु-१ ढिकुरेस्थित पक्की पुलको छेउमा क्षति भई सडक अवरुद्ध भएको थियो । विस्थापित परिवारलाई स्थानान्तरण गरिएको छ भने अवरुद्ध सडक विस्तारी खुलाइँदैछ ।

तस्बिर : सुकुराम तामाङ

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!