बेलायतका यी ठाउँमा हुँदैछन् नेपाली चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शन

SHARE:

पूर्ण गुरुङ
लन्डन । नेपालका चर्चित निर्देशक माउत्से गुरुङ निर्देशित नेपाली कथानक चलचित्र ‘पेन्सन पट्टा’ आगामी सेप्टेम्बर महिनामा बेलायतका विभिन्न सहरहरूमा प्रदर्शन हुने भएको छ । उक्त चलचित्रका निर्माता मीन गुरुङले आइतबार मिचेटस्थित तमु धीं यूकेको भवनमा पत्रकार सम्मेलन आयोजना गर्दै चलचित्र प्रदर्शनको मिति, स्थान तथा समयबारे औपचारिक जानकारी दिएका हुन् ।

भूतपूर्व गोर्खाजहरु सेनाबाट निवृत्त भएपछि पाउने पेन्सनलाई मुख्य विषयवस्तु बनाएर निर्माण गरिएको उक्त चलचित्र ‘पेन्सन पट्टा’लाई मीन गुरुङ (यूके), भोजबहादुर गुरुङ (यूके), माया गुरुङ (हङकङ), सपना गुरुङ (स्टेसन, निवा गल्ली) लगायतले निर्माण गरेका हुन् ।

चलचित्रमा बेलायतवासी चर्चित कलाकार गौमाया गुरुङका साथै नेपालका लोकप्रिय अभिनेता दयाहाङ राई, बुद्धि तामाङ, विल्सन विक्रम राई, पशुपति राई, माया गुरुङ, स्व. सुनिल थापालगायतका कलाकारहरूको अभिनय रहेको छ ।

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार उक्त चलचित्र सेप्टेम्बर १२ (दिउँसो २:३० बजे): प्रिन्सेस हल अल्डरसट, सेप्टेम्बर १९ (साँझ ५:०० बजे), सेन्ट प्याट्रिक चर्च, प्लमस्टेड र सेप्टेम्बर २७ (साँझ ६:०० बजे): द गोर्खा कर्नर बार, ननिटनमा प्रदर्शन गरिनेछ ।

बेलायतमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै प्रर्दशन गर्न लागिएको ‘पेन्सन पट्टा’ नेपालमा ११ सेप्टेम्बरका दिन देशभर प्रदर्शन हुने निर्माता मीन गुरुङले बताएका छन् । साथै, उनले बेलायतमा बसोबास गर्ने नेपाली चलचित्र प्रेमीहरूलाई उपस्थित भई चलचित्र हेरिदिनका लागि हार्दिक अनुरोध गरेका छन् ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!