नेपाल मगर सांस्कृतिक संघको २३औँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न

SHARE:

काठमाडौं । नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय समितिको २३औँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्षनन्द घर्ती मगरको सभापतित्वमा र नेपाल मगर संघका अध्यक्ष तथा नेपाल मगर सांस्कृतिक संघका संरक्षक रक्षाबहादुर रैका मगरको प्रमुख आतिथ्यता आइतबार उक्त साधारणसभा सम्पन्न भएको हो । त्यसैगरी सांस्कृतिक संस्थान ‘नाचघर’का महाप्रबन्धक किरणबाबु पुन मगर, नेपाल मगर संघका वरिष्ठ उपाध्यक्ष टेक नम्जाली मगर तथा उपाध्यक्ष कविराज थापा मगरको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा संघका सल्लाहकार, गायिका तथा प्राज्ञ पवित्रा घर्ती मगर, लालमाया बुढा मगर, नेपाल मगर शिक्षक संघका अध्यक्ष अमला थापा मगर, नेपाल मगर विद्यार्थी संघका अध्यक्ष राजु पुन मगर, नेपाल मगर महिला संघका महासचिव चन्दा पुन मगरलगायत नेपाल मगर सांस्कृतिक संघका विशेष उपत्यका, प्रदेश तथा सम्पर्क समितिका अध्यक्षहरू, प्रतिनिधिहरू, कलाकारहरूलगायतको उपस्थिति रहेको संघकी महासचिव रन्जिता थापा मगरले जानकारी दिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!