लन्डन । पाँचथर समाज सेवा यूकेको वार्षिक भेटघाट तथा सांगीतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
यही आइतबार २३ अगस्ट २०२६ मा बेलायतको फार्नबरो फुटबल क्लबमा अध्यक्ष नगेन्द्रराज नेम्वाङको अध्यक्षतामा भेटघाट कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा चर्चित गायक राजेन्द्र केरुङ र गायिका दिपा सुहाङले बेजोड सांगीतिक प्रस्तुति राखेका छन् ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष लिला सेलिङ माबोले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रम सञ्चालन महासचिव पारु राईले गरेकी थिइन् ।
कार्यक्रममा बेलायतमा रहेका पाँचथरवासीसहित नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।

























