तामाङ ज्ञान–संस्कृतिमाथि विमर्श : कुन विज्ञले के भने ?

SHARE:

काठमाडौं । नेपाल तामाङ घेदुङ संघीय कार्यसमितिको आयोजनामा तामाङ ज्ञान–संस्कृति विमर्श कार्यक्रम सम्पन्न भएको छ । “संस्कृति हाम्रो पहिचान, ज्ञान हाम्रो शान, संरक्षण हाम्रो अभियान” भन्ने मूल नाराका साथ तामाङ आदिवासी ज्ञान–संस्कृति अभिलेखीकरण, संरक्षण र पुस्तान्तरणसम्बन्धी बिमर्श कार्यक्रम सोमबार काठमाडौंको चुच्चेपाटीस्थित घेदुङ सभाहलमा सम्पन्न भएको हो ।

तामाङ स्रस्टा सम्मान : ज्ञान–संस्कृति विमर्श शीर्षकमा आयोजित दुई दिने कार्यक्रमअन्तर्गत पहिलो दिन आइतबार तामाङ संस्कृतिका मर्मज्ञ झ्याम्याङ लामाको १०७ औँ स्मृति दिवस तथा ‘संगीत सम्राट’ गोपाल योञ्जनको ८३ औँ जन्मजयन्तीको अवसरमा विशेष सांगीतिक कार्यक्रम गरिएकोमा दोस्रो दिन सोमबार ज्ञान र संस्कृतिमाथि विभिन्न ५ कार्यपत्र प्रस्तुत भई विमर्श गरिएको हो ।

तामाङ घेदुङका सहअध्यक्ष सरोजमोहन लामाको संयोजकत्वमा भएको कार्यक्रममा मानवशास्त्री डा मुक्तसिंह थोकर तामाङले तामाङ बोन्बो परम्परा र सम्पदा संरक्षण, तामाङ भाषा तथा लिपि विज्ञ अजितमानले तामाङ–तामाङ समुदायको अभौतिक सांस्कृतिक सम्पदा, अर्का भाषा तथा लिपि विज्ञ राजेन्द्र थोकर तामाङले तामाङ भाषा, व्याकरण र तामायिक लिपिको सैद्धान्तिक आधार, संस्कृति विज्ञ बुद्धि तामाङले प्रकृतिसँग सहअस्तित्व, तामाङ ज्ञान, संस्कृति र पहिचान र वरिष्ठ पत्रकार कुमार यात्रुले तामाङ आदिवासी ज्ञान, प्रथाजनित संस्थाहरुको अवस्था, आवश्यकताबारे कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै कार्यक्रममा विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार र भारत सरकारबाट सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानबापत विभिन्न पदकद्धारा विभूषित डा.चन्द्रा योन्जन तामाङले आफ्नो अनुभव सुनाएकी थिइन् ।

कार्यक्रममा नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष रामकृष्ण ब्लोन तामाङले तामाङ ज्ञानको संरक्षण, अभिलेखिकरण र पुस्तान्तरणान घेदुङले जोड दिँदै अभियान सन्चालन गर्ने बताए । तामाङ समुदायको ज्ञान र भौतिक–अभौतिक सम्पदा संरक्षणमा राज्यले बेवास्ता गर्दा संकटमा परेको भन्दै उनले राज्यको ध्यान जानुपर्नेमा जोड दिए । घेदुङ अब सबैसँग नयाँ ढंगले सहकार्य गर्ने सोचसहित अगाडि बढिरहेको र आफ्नै सांस्कृतिक भवन निर्माण गर्ने अभियानमा रहेको ब्लोनले सुनाए । घेदुङ सबै तामाङ समुदायको साझा संस्था भए पनि सबैको अपनत्व गराउन कतै चुकेको भए वास्तावमै साझा अनुभूति दिलाउनमा आफु र आफ्नो टिम केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै महासचिव लिलाकुमार ग्लान तामाङले विविध संस्कृतिको धनी तामाङ सुमदायले आफ्नो मौलिक पहिचानमा गौरव गर्नुपर्नेमा जोड दिए । विश्वमा छरिएर रहेका तामाङ समुदायलाई भाषिक र सांस्कृतिक पहिचानले नै एकसुत्रमा बाँधिरहेको भन्दै उनले पहिचानलाई संकटमा पर्न नदिन एकजुट भइरहन आग्रह गरे ।

 

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!