लोकगायिका टिका पुन ‘मौलिक गायन सम्मान’बाट सम्मानित

SHARE:

काठमाडौँ । लोकगायिका टिका पुन ‘मौलिक गायन सम्मान’बाट सम्मानित भएकी छन् । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा आइतबार काठमाडौँमा आयोजित ‘सामूहिक मौलिक तीज गीत विमोचन तथा तीज नारी सम्मान कार्यक्रम–२०८३’ का अवसरमा प्राज्ञ सदस्यसमेत रहेकी पुनलाई नगद ५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरिएको हो ।

नेपाली लोक तथा मौलिक गीत–संगीतको संरक्षण, प्रवर्द्धन र विकासमा पुर्‍याएको योगदानको कदर गर्दै पुनलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष ऋता थापाले गायिका पुनले नेपाली लोकसंगीतको क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गर्दै उनको सिर्जनात्मक यात्राको प्रशंसा गरेकी थिइन् ।

त्यस्तै, राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले पनि गायिका पुनको योगदानको प्रशंसा गर्दै नेपाली मौलिक गीत–संगीतको संरक्षणमा कलाकारको भूमिका महत्त्वपूर्ण हुने धारणा राखे ।

कार्यक्रममा १४ वटा मौलिक लोकगीतसहित विभिन्न गीतको सामूहिक रूपमा लोकार्पणसमेत गरिएको थियो ।

कार्यक्रमका वक्ताहरूले तीज गीत नेपाली समाजको सांस्कृतिक पहिचानसँग जोडिएको विषय भएकाले यसको मौलिकता जोगाउन आवश्यक रहेको बताएका थिए । पछिल्लो समय तीज गीतमा आधुनिकता बढ्दै गए पनि नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक मूल्यलाई समेट्ने सिर्जनालाई प्राथमिकता दिनुपर्नेमा उनीहरूले जोड दिए।

सम्मान ग्रहण गर्दै गायिका पुनले आफूले नेपाली लोकगीत तथा संगीत क्षेत्रमा गरेको योगदानको कदरस्वरूप प्राप्त सम्मानले थप जिम्मेवारीबोध गराएको बताइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!