विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को आज बेलायतमा अन्त्येष्टि गरिँदै

SHARE:

 

लन्डन । विश्वप्रसिद्ध कीर्तिमानी पर्वतारोही, पूर्वगोर्खा सैनिक निर्मल पुर्जा ‘निम्सदाइ’को आज बेलायतमा अन्त्येष्टि गरिँदै छ ।

निम्सदाइको अन्त्येष्टि २६ अगस्ट २०२६ मा बिहान १० बजेपछि डोर्सेट बेलायतमा हुने गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके)ले जनाएको छ । निम्सदाइको विशिष्ट सैनिक सेवा र योगदानको सम्मान गर्दै अन्त्येष्टि समारोहमा सैनिक सम्मानसहित श्रद्धापूर्वक अन्तिम बिदाइ गर्ने तयारी गरिएको छ।

प्रतिकूल मौसमको सम्भावना, कार्यक्रमस्थलको सीमित क्षमता, सुरक्षा व्यवस्था र गोपनीयतालगायत कारणले अन्त्येष्टि समारोहमा कम सहभागी गराइँदैछ ।

‘हामी तपाईंलाई यो जानकारी गराउन चाहन्छौं कि बुधबारको मौसम प्रतिकूल रहने र दिनभरि वर्षा हुने सम्भावना छ। साथै, कार्यक्रम स्थलको सीमित क्षमता, सुरक्षा व्यवस्था र गोपनीयतासम्बन्धी आवश्यकताहरूका कारण, अन्त्येष्टि समारोहमा आउने मानिसहरूको संख्या कम गर्न हामी सबैको समझदारी र सहयोगको लागि विनम्र अनुरोध गर्दछौं,’ निम्सदाइका परिवारका सदस्यले फेसबुकमा लेखेका छन्, ‘विशेषगरी, मौसम प्रतिकूल भएमा वृद्धवृद्धा, स्वास्थ्यको दृष्टिकोणले जोखिममा रहेका व्यक्तिहरू र १० वर्ष मुनिका बालबालिकाहरूलाई यात्रा नगर्न अनुरोध गर्दछौं ।’

एनआरएनए यूकेले अन्त्येष्टिमा सहभागी हुनेहरुका लागि अग्रिम नाम दर्ता गराउन आह्वान गरेको थियो । पार्किङको व्यवस्था सीमित रहेकाले सम्भव भएसम्म एउटै सवारीसाधनमा यात्रा गर्न वा कार प्रयोग गर्नसमेत अनुरोध गरिएको छ।

निम्सदाइको पाकिस्तानको ब्रड पिक हिमपहिरोमा परी ३० जुलाईमा निधन भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!