हार्दिक श्रद्धाञ्जलि “निम्स दाइ”

SHARE:

केदार संकेत
सगरमाथाको निधारमा
तिम्रा ती अदृश्य पाइलाहरू
हिउँले मेट्न नपाउँदै
हुरुरु बहने हीमाली चिसो हावाले
तिम्रा आँटिलो मनको दृढतालाई
अरु स्वागत गर्न नपाउँदै
कहाँ बिलाइ गयौँ तिमी हँ ?
तिमीले हिउँलाई
यत्ती माया गर्थ्यो कि
समयले साथ दिए
तिमी त्यतै घर बनाएर बस्छु भन्थ्यौं ।
र सक्थौ पनि
अन्तत:
तिमीले हिमाललाई
आफ्नो छातीभित्र
सदाको लागि लुकायौं हैन ?
हिमालको यात्रा गर्नुभन्दा अगावै
तिमीले आमाको आशीर्वाद माग्दा
आमाले भनेकी थिइन् …!
हिउँमा हिँड्दा–हिँड्दै
जुनले सुटुक्कै बोलाउँछ नि
छोरा तर तिमी
त्यतै नजानू हैँ ।
जाडो हुँदा
सुर्यको न्याना किरणले
त्यतै जिस्कँदै बोलाउँछ नि
मेरो प्रिय छोरा तर तिमी
त्यतै नजानु है ?
किनकि आमाको माया
जुनभन्दा सैयौं गुणा
शीतल हुन्छ छोरा
घामको न्यानोभन्दा
आमाका यी चिसा हातहरू
तिमीलाई सुमसुम्यान पाउँदा
धेरै न्यानो हुन्छ छोरा ।
तर तिम्रो साहसलाई मैले
सत्तिभर छेक्न छैन
तिमी सधैं, नयाँ यात् मा रमाउने मान्छे
मनको दिव्य उज्यालोलाई
निभाउन चाहिनँ
अन्तत:
तिमी चढेको हिमालले तिमीलाई सधै
बोलाइ रह्यो ।
तिमी पनि एउटा फूलले दिने बासना जस्तै
मोहित हुँदै गयौ ।
हिमालको त्यो सेतो मौनतामा
तिमी कहिल्यै हराउने छैनौं
एकदिन कसैले
एउटा हिमालको नाम
सायद “निम्स दाइ” भनेर अवश्य
राख्ने छ
र सधैं सधैू तिमी अमरत्व भएर
तिमी आफैँ हिमाल भएर
उभिरहने छौ अनवरत ।
……………
(निम्सदाइ, तिम्रो भौतिक यात्रा यत्तिकैमा रोकिए पनि तिम्रो साहस, रेकर्ड ब्रेकिङ कथा र प्रेरणाको याद कहिल्यै रोकिने छैन ।)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!