लन्डन । बेलायत सरकारले नेपालमा बाढी तथा विपद्बाट प्रभावित समुदायका लागि ५० लाख पाउन्ड आपतकालीन राहत सहयोग उपलब्ध गराउने घोषणा गरेको छ ।
बेलायत सरकारले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार उक्त रकम आपतकालीन राहत प्रयासमा खर्च गरिनेछ । सहयोगबाट विपद् प्रभावित समुदायलाई खाद्यान्न, आश्रय, स्वास्थ्य सेवा, स्वच्छ पानी तथा सरसफाइ सेवा उपलब्ध गराउन सहयोग पुग्ने बताइएको छ ।
नेपालमा २६ अगस्टमा रसुवाको भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । जसको खोज, उद्धार, राहत, पुन:स्थापना लगायतका कार्य जारी रहेको छ । नेपाल सरकारको आह्वानमा अहिले देश विदेशमा सहयोग संकलन भइरहेको छ ।






