मगर संघ युकेले सांसद इन्दिरा राना मगरलाइ स्वागत गर्ने

SHARE:

बेलायत – संघीय प्रतिनिधि सभा सदस्य तथा पूर्व उप-सभामुख माननीय इन्दिरा राना मगरको प्रमुख आतिथ्यमा विशेष स्वागत, भेटघाट तथा ज्ञापन पत्र हस्तान्तरण कार्यक्रम आयोजना गरिने भएको छ। कार्यक्रम आगामी ३१ अगष्ट २०२६ (सोमबार) बेलुका ५:३० बजेदेखि ८:३० बजेसम्म फ्रानबोरोस्थित मगर भवनमा हुनेछ।

कार्यक्रमको मुख्य रूपरेखा अन्तर्गत सुरुमा कार्यक्रमको संक्षिप्त जानकारी गराइनेछ, त्यसपछि ज्ञापन पत्र हस्तान्तरण र प्रमुख अतिथिको मन्तव्य रहनेछ। यसैगरी अधिकतम ३० मिनेटको प्रश्नोत्तर सत्रपश्चात आधिकारिक कार्यक्रम समापन गरिनेछ भने कार्यक्रमको अन्त्यमा प्रतिव्यक्ति १५ पाउन्ड नगदको व्यवस्थासहित खानाको कार्यक्रम राखिएको छ।

उक्त कार्यक्रममा मगर संघ युकेका पदाधिकारी, कार्यसमितिका सदस्यहरु, पुर्वअध्यक्षहरु, संरक्षकहरु सल्लाहकारहरु, शाखा समितिका अध्यक्षहरु, भात्रु संगठनका अध्यक्षहरु लगायत बुद्धिजीवी हरुको उपस्थिति रहने छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!