नेपाल बाढीः ६ सय १६ वटा शव फेला [अपडेट]

SHARE:

काठमाडौँ । नेपालको रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान अचानक आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ६ सय १६ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहान ६ बजेसम्म ६ सय १६ जनाको शव फेला परेको जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४५, चितवनमा २३३, गोरखामा ४८, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिम ४७ जनाको शव फेला परेको जानकारी दिए । ‘यसपछिको तथ्याङ्क भने सङ्कलन भइरहेको छ । खोजी तथा उद्धार कार्यलाई निरन्तर रूपमा अगाडि बढाएका छौँ,’ उनले भने ।

प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका परिवारलाई सुरक्षित स्थानमा राख्ने, सरोकार भएका निकाय, स्थानीयलगायतको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएका बाटो अवरोध हटाउने कार्यसमेत गरिरहेको प्रहरीका प्रवक्ता काफ्लेले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!