बाढी प्रभावित बेलायती नागरिकको सहयोगमा दूतावास खटिरहेको छ : बेलायती राजदूत फेन

SHARE:

लन्डन । नेपालमा आएको भीषण बाढीबाट प्रभावित बेलायती नागरिक तथा उनीहरूका परिवारलाई सहयोग गर्न नेपालस्थित बेलायती दूतावास रहेको रहेको जनाइएको छ ।

बेलायती राजदूत रोब फोनले शनिबार सन्देश जारी गर्दै दूतावाससहित बेलायतको विदेश मन्त्रालयका कर्मचारीहरू चौबीसै घण्टा खटिएको जनाएका हुन् । विपद्को यस्तो समयमा मित्रताको महत्त्व अझ बढ्ने उल्लेख गर्दै प्रभावित बेलायती नागरिक तथा उनीहरूका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन आफ्ना कर्मचारीहरू निरन्तर कार्यरत रहेको राजदूत फेनले प्रस्ट पारेका छन् ।

दूतावासले प्रभावित बेलायती नागरिक वा उनीहरूका परिवारलाई आवश्यक सहयोग तथा जानकारीका लागि निम्न सम्पर्क नम्बरमा फोन गर्न आग्रह गरेको छ।

नेपाल: +977 (0) 1423 7100
बेलायत: +44 (0) 20 7008 5000

नेपालमा पछिल्लो समय आएको बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोटलगायत विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको छ। विपद्पछि उद्धार, राहत तथा प्रभावितको खोजीका लागि सरकारी निकायसँगै विभिन्न संघसंस्था र समुदाय सक्रिय हुँदै आएका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!