१७औँ नेपाली मेलामा तमुधिँ यूकेद्वारा एभरेस्ट टाइम्स यूके सम्मानित

SHARE:

लन्डन — बेलायतको नेपाली समुदायको महत्वपूर्ण कार्यक्रम नेपाली मेलामा तमुधिँ यूकेले नेपाली पत्रकारितामा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको एभरेस्ट टाइम्स यूकेलाई ‘बेलायतको लोकप्रिय नेपाली समाचारपत्र’ सम्मान तथा अवार्ड प्रदान गरेको छ।

सन् २००८ देखि बेलायतमा रहेर नेपाली भाषा, साहित्य, कला, संस्कृति तथा समुदायका गतिविधि र आवाजलाई निरन्तर रूपमा उजागर गर्दै आएको एभरेस्ट टाइम्स यूकेलाई नेपाली समुदायमा पुर्‍याएको योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको हो।

तमुधिँ यूकेले एभरेस्ट टाइम्स यूकेले बेलायतस्थित नेपाली समुदायका गतिविधि, उपलब्धि, समस्या तथा सरोकारका विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको उल्लेख गर्दै यसको योगदानको प्रशंसा गरेको थियो। साथै, नेपाल र नेपाली डायस्पोराबीच सूचना तथा सम्बन्धको महत्वपूर्ण सेतुका रूपमा सञ्चारमाध्यमले निर्वाह गरेको भूमिकालाई समेत सम्मान गरिएको थियो।

नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनसँगै सत्य, तथ्य र निष्पक्ष पत्रकारिताको मूल्यलाई आत्मसात् गर्दै आएको एभरेस्ट टाइम्स यूकेलाई सम्मान गर्न पाउँदा गर्व महसुस भएको तमुधिँ यूकेले जनाएको छ।

सम्मानका अवसरमा एभरेस्ट टाइम्स यूकेका अनलाइन प्रमुख एसके गुरुङ, सम्पादक डा. दुत पुन ‘चिम्खोले काईला’, सह–सम्पादक जमुना पुन तथा प्रबन्ध निर्देशक नगेन्द्रराज नेम्वाङलगायत सम्पूर्ण एभरेस्ट टाइम्स परिवारलाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो।

तमुधिँ यूकेले एभरेस्ट टाइम्स यूकेको निरन्तर मेहनत, समर्पण र नेपाली समुदायप्रतिको प्रतिबद्धताले बेलायतको नेपाली पत्रकारितालाई समृद्ध बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको बताएको छ।

नेपाली मेलाको विशेष अवसरमा प्रदान गरिएको उक्त सम्मानले बेलायतमा नेपाली भाषा, संस्कृति र समुदायका विषयलाई निरन्तर प्राथमिकताका साथ उठाउँदै आएको नेपाली सञ्चारमाध्यमको योगदानलाई थप प्रोत्साहन मिलेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!