एभरेस्ट टाइम्स यूकेका सम्पादकसहित टिम नै नेपाली मेला- २०२६ मा सम्मानित

SHARE:

लन्डन । बेलायतमा १८ वर्षदेखि सञ्चालित नेपाली सशक्त सञ्चारमाध्यम ‘एभरेस्ट टाइम्स यूके’का सम्पादकसहित टिम नै नेपाली मेला- २०२६ मा सम्मानित भएका छन् ।

तमु धीं यूकेको आयोजना र नेपाली दूतावास लन्डनको सहकार्यमा सनबरीस्थित केम्टन पार्क रेसकोर्समा आइतबार ३० अगस्टमा आयोजित मेलाका अवसरमा एभरेस्ट टाइम्सका अध्यक्ष तथा सम्पादक डा.दुत पुन ‘चिम्खोले काइँला’, प्रबन्ध निर्देशक नगेन्द्रराज नेम्वाङ, अनलाइन प्रमुख एसके गुरुङ र सह–सम्पादक जमुना पुन सम्मानित भएका हुन् । सम्मानित हुनेहरुलाई तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, उपाध्यक्ष तथा १७ औं नेपाली मेलाका संयोजक कमल गुरुङ, आमा समूहकी अध्यक्ष कमलादेवी गुरुङलगायतले फेटा, दोसल्ला,पछ्यौरा, प्रमाणपत्र प्रदान गरे ।

एभरेष्ट टाइम्सका सम्पादक पुनले हालसालै विद्यावारिधी गरेकोमा पनि सम्मानित भएका थिए । डा.पुनले ‘The Euro American Education Group’ द्वारा सञ्चालित ‘European Institute of Management and Technology’ (EIMT) बाट ‘Doctorate in Arts (Social Science)’ विषयमा आफ्नो अध्ययन पूरा गरी उक्त उपाधि हासिल गरेका थिए ।

नेपाली दूतावास लन्डनका कार्यवाहक राजदूत विपिन दुवाडीको प्रमुख आतिथितामा भएको उक्त कार्यक्रममा लोकप्रिय गायक तथा मंगोलियन हार्टका प्रमुख राजु लामा, काउन्सिलर निना गुरुङ (मेडवे बरो काउन्सिलकी पूर्वमेयर), नेपाल पत्रकार महासंघ यूकेकी अध्यक्ष बिमला सेने, ग्रान्डमास्टर तुलसीकुमार गुरुङलगायत सम्मानित भए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!