लन्डन । राजेन्द्र पुडासैनी नेतृत्वको एनआरएनए यूकेले नेपालका बाढीपीडितका लागि ४० लाख रुपैयाँ सहयोग पठाएको छ ।
बाढीपीडित सहयोग बारे अगस्ट ३१ मा आयोजित जूम मिटिङमा अध्यक्ष पुडासैनीले पहिलो चरणमा ४० लाख रुपैयाँ सहयोग पठाइएको जानकारी गराएका हुन् ।
एनआरएनए यूकेले यसअघि नै बाढीपीडितका लागि ५० हजार पाउन्ड (नेपाली १ करोड रुपैयाँ बराबर सहयोग गर्ने घोषणा गर्दै गो फन्ड मिमार्फत सहयोग अभियान थालिएको थियो।
अगस्ट २६ मा बिहान तिब्बतबाट आएको भीषण बाढी तथा त्यसबाट उत्पन्न बाढीपहिरोका कारण रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।
नेपाल प्रहरीका अनुसार मंगलबार बिहानसम्म १ हजार १० जनाको शव भेटिएका छन् भने ४ हजार ५ सय ९९ जना बेपत्ता छन् ।






