बाढीपछि सम्पर्कविहीन बहिनी बिनु गुरुङको खोजीमा बेलायतबाट नेपाल पुगे दाजु लेख गुरुङ

SHARE:

लन्डन । नेपालको रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीपछि गोसाइँकुण्ड जाने क्रममा बेपत्ता भएकी बहिनी बिनु गुरुङको खोजीका लागि उनका दाजु लेख गुरुङ बेलायतबाट नेपाल पुगेका छन्।

तनहुँको शुक्लागण्डकी नगरपालिका–१२, ढोर जस्पुर निवासी बिनु गुरुङ पोखराबाट गोसाइँकुण्ड तीर्थयात्राका लागि निस्किएकी थिइन्। परिवारका अनुसार उनले २६ अगस्ट बिहान करिब ९ बजे धादिङ गल्छीबाट अगाडि बढेको जानकारी परिवारलाई गराएकी थिइन्। त्यसपछि भने उनी परिवारको सम्पर्कमा आएकी छैनन्।

बहिनी सम्पर्कविहीन भएको खबर पाएपछि बेलायतमा रहेका दाजु लेखले आफ्नोतर्फबाट सम्भावित स्थानमा खोजी तथा जानकारी संकलन गर्ने प्रयास गरेका थिए। तर, खोजीका क्रममा कुनै ठोस जानकारी प्राप्त हुन नसकेपछि उनी स्वयं नेपाल आएर बहिनीको खोजीमा जुटेका हुन्।

नेपाल आएपछि उनले बिनुको खोजीका लागि विभिन्न स्थान तथा सम्बन्धित निकायमा उनको फोटोसहितको विवरण पठाएका छन्। सम्भावित स्थानहरूमा खोजी तथा जानकारी संकलन गर्ने कामलाई तीव्र बनाइएको उनले बताएका छन्।

बिनु गुरुङ सिकारी सरदार वंशु गुरुङ प्रतिष्ठानसँग पनि आबद्ध रहेको बताइएको छ। परिवारले बिनुबारे कुनै जानकारी प्राप्त भएमा तत्काल नजिकको प्रहरी कार्यालय वा परिवारलाई खबर गरिदिन सबैमा आग्रह गरेको छ । लेख गुरुङले नेपाल सरकारका निकायबाट सही सूचना र सहयोग नपाएको गुनासो समेत गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!