बेलायती इन्डो–प्यासिफिक मन्त्रीद्वारा भोटेकोशी बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त

SHARE:

काठमाडौं । परराष्ट्र सचिव अमृतबहादुर राई र बेलायतकी इन्डो–प्यासिफिक मन्त्री बारोनेस विन्टरटनबीच भेटवार्ता भएको छ ।

परराष्ट्र मन्त्रालयमा बुधबार भएको भेटमा मन्त्री विन्टरटनले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति नेपाल सरकार र नेपाली जनताप्रति गहिरो समवेदना व्यक्त गरिन् । भेटमा बाढीपछि जारी खोजी, उद्धार तथा पुनःस्थापनाका प्रयासबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सचिव राईले राहत तथा विपद्पछिको पुनःस्थापनाका लागि बेलायत सरकारले व्यक्त गरेको ऐक्यबद्धता र सहयोगको प्रस्तावप्रति धन्यवाद दिए ।

मन्त्री विन्टरटनले मन्त्रालयमा राखिएको शोक पुस्तिकामा समेत हस्ताक्षर गरेकी छन् । मन्त्री विन्टरटन दुई दिने नेपाल भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेकी हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!