क्वान्टम ग्रुपद्वारा नेपालका बाढीपीडितका लागि १० लाख ७० हजार रुपैयाँ सहयोग

SHARE:

लन्डन । नाइजेरियास्थित औद्योगिक घराना क्वान्टम ग्रुपले नेपालका बाढीपीडितका लागि राहत १० लाख ७० हजार रूपैयाँ सहयोग गरेको छ।

स्टिल, प्याकेजिङ, प्लास्टिक, पेपर, फुड प्रोसेसिङलगायतका उद्योग सञ्चालन गर्दै आएको क्वान्टम ग्रुपले एनआरएनए नाइजेरियामार्फत सहयोग गरेको हो । क्वान्टम ग्रुपको सहयोगसँगै एनआरएनए नाइजेरियाको बाढीपीडित राहत कोषमा हालसम्म ३८ लाख रुपैयाँ बराबरको सहयोग रकम जम्मा भएको एनआरएनए प्रवक्ता सोमनाथ पाण्डेले जानकारी दिए ।

प्रवक्ता पाण्डेले सहयोगका लागि ग्रुपका अध्यक्ष मनोहर काबरा, निर्देशक गिरिष मुन्द्रा तथा त्यहाँ कार्यरत एनआरएनए नाइजेरियाका उपाध्यक्ष एवं उद्योगका प्रमुख लेखा अधिकृत अभिषेकमान सिंहप्रति यस मानवीय सहयोगका लागि हार्दिक आभार व्यक्त गरेका छन् । बाढीपीडितका लागि राहत संकलन अभियान निरन्तर जारी रहेको जनाउँदै पाण्डेले अर्को साता संकलित सम्पूर्ण सहयोग रकम नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!