नेपालको विपद्मा जुट्यो चार भन्ज्याङ तमु समाज यूके, १५ लाख सहयोग गर्ने निर्णय

SHARE:

लन्डन । रसुवा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित पीडितहरूको राहत तथा उद्धारका लागि चार भन्ज्याङ तमु समाज यूकेले १५ लाख रुपैयाँ सहयोग दिने भएको छ ।

अध्यक्ष दुर्गा गुरुङको अध्यक्षतामा मंगलबार बसेको आकस्मिक बैठकले बाढीपीडितका लागि १५ लाख सहयोग गर्ने निर्णय गरेको हो । पाँच लाख रुपैयाँ तत्काल राहतका रूपमा चार भन्ज्याङ तमु समाजकी चेली तथा सम्बन्धित क्षेत्रकी जनप्रतिनिधि बिना गुरुङमार्फत नेपाल पठाइसकेको र बाँकी १० लाख चार भन्ज्याङ तमु समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष क्याप्टेन देउबहादुर गुरुङको संयोजनमा नेपाल, बेलायत, हङकङ, युरोप र जापानलगायत सातवटा एकाइसँग समन्वय गरी स्वयंसेवी योगदानमार्फत संकलन गरिनेछ । उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने संस्थाले जनाएको छ।

विपद्को यस घडीमा देश तथा विदेशमा रहेका सम्पूर्ण चार भन्ज्याङ सदस्यहरूलाई एकजुट भई सहयोग गर्न अपिलसमेत गरेको छ। बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माहरूको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरिएको थियो।

चार भन्ज्याङ तमु समाज यूकेले यसअघि पनि नेपालमा आइपरेका विभिन्न प्राकृतिक तथा मानवीय विपद्का समयमा निरन्तर सहयोग गर्दै आएको छ।

महासचिव अनिल गुरुङले सञ्चालन गरेको बैठकमा चार भन्ज्याङ तमु समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) अध्यक्ष क्याप्टेन देउबहादुर गुरुङ, यूके तथा आइसीसी पूर्वअध्यक्ष ले चन्द्र गुरुङ, प्रमुख सल्लाहकार क्याप्टेन कृष्णबहादुर गुरुङ, आमा प्रमुख अमला गुरुङ, पूर्वअध्यक्षहरू मेजर कृष्ण गुरुङ र मदन गुरुङ, सल्लाहकार तथा तमुधिं यूकेका पूर्वअध्यक्षहरू ज्ञाम गुरुङ र हरि गुरुङ, सल्लाहकार टेकबहादुर गुरुङ, उपाध्यक्ष अमर गुरुङ, कोषाध्यक्ष विमला गुरुङ तथा कल्चरल सेक्रेटरी प्रकाश गुरुङलगायत कार्यसमितिका सदस्यहरूको उपस्थिति थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!