नेपाल बाढीपीडितका लागि साउथ इस्ट लन्डनका ‘सेभेन सिस्टर्स’को २ लाख सहयोग

SHARE:

लन्डन । नेपालका विभिन्न क्षेत्रमा सहयोग दिँदै आएको साउथ इस्ट लन्डनका ‘सेभेन सिस्टर्स’ले बाढीपीडितका लागि पनि २ लाख रुपैयाँ सहयोग गरेको छ ।

‘सेभेन सिस्टर्स’तर्फबाट बिहीबार ३ अगस्ट २०२६ मा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई लाख रुपैयाँ जम्मा गरिएको स्याङ्जा समाज यूके आमा अध्यक्ष पार्वती गुरुङले जानकारी दिएकी छन् । देशमा आपत पर्दा सरकारले मात्रै गरोस् भन्ने नभई देश, विदेशमा रहेका सम्पूर्ण नागरिकले आ-आफ्नै तबरबाट पीडितको घाउमा मलम लगाउनुपर्छ भन्ने महसुस भएर सहयोग गरिएको गुरुङको भनाइ छ ।

‘जब-जब देशमा विपत्ति आएर रोएको हुन्छ, त्यत्तिबेला हामी विदेशमा रहेका नेपालीलाई धेरै पीडा हुन्छ । त्यही कारण पनि भूकम्प, कोरोना, बाढी, पहिरोजस्ता विपत्तिमा सहयोग पठाउने गरेका छौं,’ सामाजिक अभियन्ता गुरुङले भनिन्,’देश रोएको छ । यसबेला सबैले सहयोग गरौं । पैसामात्रै होइन, जुन रुपमा सहयोग गर्न सकिन्छ,त्यही रुपमा सहयोग गरौं भन्न चाहन्छु ।’

समूहमा तीनजना कमला गुरुङ, विष्णु गुरुङ, तारा गुरुङ, लक्ष्मी गुरुङ र पार्वती गुरुङ छन् । यो समूहले बेलायतमा हुने विभिन्न मेला, महोसत्वमा काक्रो, चिया, सुन्तला, माछाजस्ता सानोतिनो व्यापार गरेर भएको आम्दानी कोषमा जम्मा गरेर पीडित र विभिन्न सामाजिक काममा सहयोग गर्दै आएका छन् ।

नेपालमा २६ अगस्टमा चीनतर्फबाट आएको बाढीले रसुवा, नुवाकोट लगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ । बिहीबारसम्म १२ सय ५० भन्दा बढीको शव फेला परेका छन् । सयौं बेपत्ता, घाइते छन्

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!