बाढी प्रभावित कलाकारलाई लोकदोहोरी प्रतिष्ठानले ५१ हजारसम्म राहत दिने, थप निर्णय के के छन् ?

SHARE:

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले भाद्र १० गते आएको विनाशकारी बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई संस्थागत रूपमा राहत तथा सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

प्रतिष्ठानले बाढीका कारण देशका विभिन्न स्थानमा ठूलो धनजनको क्षति हुनुका साथै प्रतिष्ठानमा आबद्ध कलाकार तथा उनीहरूका परिवारसमेत प्रभावित भएकोप्रति दुःख व्यक्त गर्दै राहतको मापदण्ड सार्वजनिक गरेको हो । प्रतिष्ठानका अनुसार बाढीका कारण कलाकारको मृत्यु भएमा निजको परिवारलाई ५१ हजार रुपैयाँ राहत उपलब्ध गराइनेछ। उक्त राहत कलाकारका श्रीमान्/श्रीमती, छोराछोरी वा एकाघर परिवारले प्राप्त गर्न सक्नेछन्।

त्यसैगरी, प्रतिष्ठानमा आबद्ध कलाकारका आमा–बुवा, श्रीमान्/श्रीमती वा छोरा–छोरीको बाढीका कारण मृत्यु भएमा ३० हजार रुपैयाँ राहत उपलब्ध गराइनेछ।

बाढीका कारण कलाकार घाइते भई उपचाररत रहेको अवस्थामा उपचार सहयोगस्वरूप २५ हजार रुपैयाँसम्म राहत प्रदान गरिने प्रतिष्ठानले जनाएको छ। घाइतेको अवस्था तथा उपचारको आवश्यकतालाई मध्यनजर गर्दै आवश्यकताअनुसार उक्त रकम बढाउन सकिने व्यवस्था गरिएको छ।

यस्तै, बाढीका कारण कलाकारको घर, धनसम्पत्ति तथा अन्य भौतिक सम्पत्तिमा क्षति पुगेमा २० हजार रुपैयाँसम्म राहत उपलब्ध गराइनेछ।

प्रतिष्ठानले राहत तथा सहयोग वास्तविक अवस्थाको आवश्यक छानबिन गरी उपलब्ध गराउने जनाएको छ।

प्रतिष्ठानले विपद्को यस दुःखद् घडीमा आफ्ना कलाकार तथा परिवारको साथमा रहनु संस्थाको दायित्व भएको उल्लेख गर्दै सम्पूर्ण शाखा, समिति, कलाकार तथा शुभेच्छुकहरूबाट आवश्यक सहयोग र सहजीकरणको अपेक्षा गरेको छ।

प्रतिष्ठान अध्यक्ष रिता थापा मगर र महासचिव शिव हमालले जारी गरेको विज्ञप्तिमा प्रतिष्ठानले बाढीमा परी ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!