बेलायतमा ८६ वर्षीया लक्ष्मी गुरुङले दिइन् अस्पतालबाटै बाढीपीडितलाई १ हजार १११ पाउन्ड

SHARE:

लन्डन । बेलायतवासी ८६ वर्षीया लक्ष्मी गुरुङले अस्पतालमा उपचाररत अवस्थामै नेपालका बाढी प्रभावितका लागि सहयोग गरेकी छन् ।

पर्बत फलेवास नगरपालिका–८ ठानामौला घर भई हाल मेडस्टोनमा बस्दै आएकी लक्ष्मीले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि गो फण्डमार्फत एनआरएनए यूकेलाई १ हजार १ सय ११ पाउन्ड सहयोग गरेकी हुन् ।

विगत डेढ महिनादेखि केन्टस्थित पेम्बरी अस्पतालमा जटिल शल्यक्रियापछि उपचाररत गुरुङले अस्पतालको बेडबाटै सहयोग घोषणा गरेको एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले बताए । लक्ष्मी गुरुङ तमु धीं यूकेका पूर्वअध्यक्ष तथा एनआरएनए यूके कार्यसमिति सदस्य हरि गुरुङकी आमा हुन्। लक्ष्मीको रकम छोरा हरि गुरुङमार्फत बिहीबार नै गोफन्ड मिमा जम्मा भइसकेको छ ।

साथै, गुरुङले आफू र आफ्ना दिवंगत पति पूर्व सुवेदार भीमबहादुर गुरुङका नाममा स्थापित ट्रष्टबाट हरेक वर्ष प्रदान गरिने परोपकारी पुरस्कारमार्फत नेपालमै थप १ लाख ११ हजार रुपैयाँ एनआरएनए यूके मार्फत कोषमा जम्मा गर्ने प्रतिबद्धतासमेत जनाएकी छन् ।

अस्पतालको कठिन परिस्थितिमा पनि देखाएको यो ठूलो उदारताले समाजसेवामा थप ऊर्जा मिलेको बताउँदै एनआरएनए यूके अध्यक्ष पुडासैनीले गुरुङप्रति आभार व्यक्त गर्दै उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!