एनआरएनए यूकेकी पूर्वअध्यक्ष पुनम गुरुङ बाढीपीडितका लागि सहयोग संकलनमा

SHARE:

लन्डन । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि एनआरएनए यूकेकी पहिलो महिला अध्यक्ष तथा दिदीबहिनी एकता फाउन्डेसनकी संस्थापक पुनम गुरुङले आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेकी छन् ।

नेपालमा बाढीपछि देखिएका भयावह दृश्यले आफू अत्यन्त मर्माहत भएको बताउँदै गुरुङले प्रभावित परिवारलाई तत्काल राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले गोफन्ड मिमार्फत उनले अभियान सुरु गरेकी हुन् । गो फन्ड मि अनलाइनमा छोरी चेल्सी गुरुङ अर्गनाइजर बनाएर सहयोग थालिएको हो ।कुनै पनि परोपकारी काम नारीबाटै सुरु गर्नुपर्छ भन्ने मान्यताले चेल्सी र परिवारको तर्फबाट दान गरेर सहयोग सुरु गरिएको समाजसेवी पुनम गुरुङले एभरेष्ट टाईम्सलाई जानकारी दिएकी छन् ।

७ सय पाउन्ड संकलन गर्ने लक्ष्यसहित थालिएको अभियानमा शनिबार बिहान अर्थात् यो समाचार तयार पार्दासम्म ५ सय ३२ पाउन्ड जम्मा भइसकेको छ ।

गुरुङका अनुसार अभियानमार्फत संकलन हुने सम्पूर्ण रकम हाल सञ्चालनमा रहेको बाढी राहत कोषमा जम्मा गरी प्रभावित क्षेत्रमा आवश्यक सहयोग तथा राहत वितरणमा प्रयोग गरिनेछ ।

नेपालबाट आइरहेका दृश्यहरू अत्यन्तै हृदयविदारक रहेको उल्लेख गर्दै उनले बाढीका कारण हजारौँ मानिस प्रभावित भएको र ठूलो संख्यामा मानिस अझै बेपत्ता रहेको बताएकी छन् । उनले बाढीबाट ज्यान गुमाउने तथा बेपत्ता हुने प्रत्येक व्यक्तिको पछाडि परिवार, आफन्त र समुदायको पीडा जोडिएको उल्लेख गरेकी छन् ।

“यी केवल तथ्यांक वा संख्या मात्र होइनन् । प्रत्येक बेपत्ता व्यक्ति र ज्यान गुमाएका व्यक्तिको पछाडि एउटा परिवार, प्रियजन र समुदायको असह्य पीडा छ,” गुरुङले अपिलमा उल्लेख गरेकी छन् । उनले नेपालमा विपद्को यस कठिन समयमा सक्दो सहयोग गर्न बेलायतलगायत विश्वभर रहेका नेपाली तथा शुभेच्छुकहरूलाई आग्रह गरेकी छन् ।

‘सानो सहयोग पनि महत्त्वपूर्ण हुन्छ’ भन्दै गुरुङले आर्थिक सहयोग गर्न नसक्नेहरूले अभियानको जानकारी सामाजिक सञ्जाल तथा आफन्त र साथीभाइबीच शेयर गरिदिए पनि राहत अभियानमा ठूलो योगदान पुग्ने बताएकी छन् । गुरुङले सबैलाई एकजुट भएर विपद्मा परेका नेपालीको साथमा उभिन आग्रह गर्दै “Together, Let’s Stand with Nepal” भन्ने सन्देशसहित सहयोगको अपिल गरेकी छन् ।

पहिल्यैदेखि सामाजिक काम गर्दै आएकी गुरुङले बुबाको सुझावअनुसार दिदी बहिनी एकता फाउन्डेसन खोलेकी हुन् । यसअघि फाउन्डेसनले कास्कीको पोखरा महानगरपालिका-१३, विजयपुर पोखरीगाउँमा क्यान्सर सचेतना तथा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम गरेको थियो ।

बुबाको प्रेरणाबाट फाउण्डेसन स्थापना
एनआरएनए युकेकी प्रथम महिला अध्यक्ष पुनम गुरुङले आफ्ना स्वर्गीय बुबा कर्णेल मणिन्द्र गुरुङको प्रेरणाबाट दिदीबहिनी एकता फाउण्डेसन स्थापना गरी सामाजिक सेवाको संस्थागत सुरुवात गरेको बताइन् । विगतदेखि नै व्यक्तिगत रूपमा विभिन्न सामाजिक तथा मानवीय क्षेत्रमा सहयोग गर्दै आएकी गुरुङले व्यक्तिगत सहयोगभन्दा संस्थागत रूपमा समाजसेवा गर्न आफ्ना बुबाले प्रेरणा दिँदै आएको बताइन्। उनका बुबाको गत वर्ष क्यान्सरका कारण निधन भएको थियो।

गुरुङ सन् २०१३ देखि बेलायतस्थित क्यान्सर रिसर्च यूकेसँग आबद्ध रहँदै आएकी छन्। उनले क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि, कोष संकलन तथा समुदायस्तरमा स्वास्थ्य सचेतना फैलाउने कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!