साभार – कार्यवाहक राजदूत महामहिम रोशन खनालको फेसबुकवाट
बेइजिङ – २ सेप्टेम्बर २०२६ को दिन जनवादी गणतन्त्र चीनका परराष्ट्र मन्त्रालयका सहायकमन्त्री महामहिम साइ वेइले बेइजिङस्थित नेपाली राजदूतावासको भ्रमणको क्रममा शोकपुस्तिकामा हस्ताक्षर गर्नुभएको छ।
सो अवसरमा उहाँले नेपाल सरकार र नेपाली जनताप्रतिको ऐक्यबद्धता व्यक्त गर्नु भएको छ । साथै, नेपालमा आवश्यकता अनुसार बादीपिडितको लागि उद्धार र राहत कार्यमा चीनतर्फबाट निरन्तर सहयोग रहनेछ भन्दै उहाँले दृढ प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
भ्रमणका क्रममा कार्यवाहक राजदूत श्रीमती रोशना खनालले उद्धार र राहत कार्यमा चीन सरकारले पुर्याएको मूल्यवान सहयोगप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ । उहाँले चीनमा अलपत्र परेका नेपाली नागरिकहरूको स्वदेश फिर्ती सहजीकरण गरिदिनका लागि चिनियाँ सहायकमन्त्रीसमक्ष विशेष अनुरोधसमेत गर्नुभएको छ।





