बेलायतमा १९ सेप्टेम्बरमा नवौँ मगर गट ट्यालेन्ट, दर्ता खुला

SHARE:

लन्डन । बेलायतमा नेपाली तथा मगर समुदायका प्रतिभा उजागर गर्ने उद्देश्यले नवौँ संस्करणको ‘मगर गट ट्यालेन्ट–२०२६’ आयोजना हुने भएको छ।

मगर युथ एसोसिएसन यूकेको आयोजनामा यही १९ सेप्टेम्बर शनिबार स्प्रिङवेस्ट एकेडेमी, ब्राउल्स लेनमा मगर गट ट्यालेन्ट हुने आयोजकले जनाएको छ। कार्यक्रममा गायन, नृत्यलगायत विभिन्न विधाका प्रतिभाहरूले आफ्नो कला तथा क्षमता प्रस्तुत गर्ने अवसर पाउनेछन्।

कार्यक्रममार्फत नयाँ प्रतिभालाई प्रोत्साहन गर्नुका साथै मगर कला, संस्कृति र मौलिक पहिचानलाई बेलायतमा प्रवर्द्धन गर्ने लक्ष्य राखिएको मगर युथ यूकेका अध्यक्ष दीपक मैथाने मगरले जनाएका छन् ।

कार्यक्रमका लागि अग्रिम टिकट २५ पाउन्ड तथा कार्यक्रमस्थलमै खरिद गर्दा ३० पाउन्ड तोकिएको छ। टिकट शुल्कमा प्रवेशसँगै खानाको व्यवस्थासमेत समावेश रहेको आयोजकले जनाएको छ।

टिकट तथा दर्ताका लागि अध्यक्ष दीपक थापा, वरिष्ठ उपाध्यक्ष करिश्मा थापा र महासचिव बिपना थापालाई सम्पर्क गर्न सकिने जनाइएको छ ।

मगर युथ एसोसिएसन यूकेले बेलायतमा रहेका प्रतिभाशाली युवायुवती तथा बालबालिकालाई कार्यक्रममा सहभागी भई आफ्नो प्रतिभा प्रस्तुत गर्न आह्वान गरेको छ। कार्यक्रमले मगर समुदायभित्रको प्रतिभा, संस्कृति र सिर्जनशीलतालाई एउटै मञ्चमा जोड्ने अपेक्षा गरिएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!