ग्रेटर रशमोर नेपाली कम्युनिटी युकेको पहलमा नेपालको बाढीपीडितका लागि सहकार्य र राहत संकलन

SHARE:

ओम थापा काउचा मगर – बेलायत।

बेलायतको नेपाली समुदायको बाक्लो बसोवास रहेको रशमोर क्षेत्रको छाता संस्था ग्रेटर रशमोर नेपाली कम्युनिटी (जिआरएनसी) युकेको पहलमा नेपालको बाढीपीडितका लागि सहकार्य गर्दै राहत संकलन गरिएको छ।

नेपालका भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट भएको अपूरणीय जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै जिआरएनसीले बेपत्ताहरूको तत्काल खोजी, जोखिममा रहेकाहरूको उद्धार तथा प्रभावित परिवारलाई आपतकालीन राहत उपलब्ध गराउन स्थानीय संघसंस्थाहरुसँग सहकार्य गरेको हो।

जन्मभूमिको यो दुःखद् घडीमा मलम लगाउन स्थानीय रोटरी क्लबहरूसँग हातेमालो गर्दै जिआरएनसीका पदाधिकारी तथा सदस्यहरूले सक्रिय सहभागिता जनाएका छन्।

गत शनिवार फार्नबोरो फुटबल क्लबको सक्रियतामा फार्नबोरो फुटबल क्लब तथा टनब्रिज फुटबल प्रतियोगितामा संस्थाका उपाध्यक्ष तथा काउन्सिलर उत्तर गुरुङ, पूर्व काउन्सिलर तथा उपाध्यक्ष नेम थापा, प्रोजेक्ट म्यानेजर सुसिला थापा र प्रोजेक्ट सदस्य संजय राई राहत संकलनमा सहभागी भएका थिए भने आईतवारको स्थानीय रोटरी क्लब फार्नबोरो र क्याम्वर्लीका सक्रिय सदस्यहरूसंग प्रमुख ट्रस्टी क्याप्टेन ग्यारी घले, ट्रस्टी तथा पूर्वअध्यक्ष ओमप्रसाद थापा काउचा मगर, वरिष्ठ उपाध्यक्ष जित मावो र सक्रिय सदस्यहरू मनिता राई र सोनाम याग्जी लामा सहभागी भएका छन्।

जन्मभूमिको दुखेको घाउमा मलम लगाउन स्थानीय व्यवसाय तथा विभिन्न संघसंस्थाहरूसँग मैत्रीपूर्ण हातेमालो गर्दै ग्रेटर रशमोर नेपाली कम्युनिटी युके अग्रसर भएको संस्थाका अध्यक्ष लीलासेलिग मावोले बताएका छन्।

यस्तो कठिन परिस्थितिमा सहयोग पुर्‍याउने सम्पूर्ण बेलायती स्थानीय संघसंस्था, स्वयम्सेवक र सहभागीहरूलाई विशेष धन्यवाद ज्ञापन गर्दै स्थानीयस्तरबाट राहत तथा आर्थिक संकलनको कार्यलाई तीव्रता दिइएको अध्यक्ष मावोले जानकारी गराएका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!