विश्व नेपाली साहित्य महासंघ पश्चिम शाखा युकेको अध्यक्षमा गोमा राना मगर निर्विरोध निर्वाचित

SHARE:

शनिवार ५ सेप्टेम्बर २०२६ – बेलायत। विश्व नेपाली साहित्य महासंघ (विनेसाम) पश्चिमा शाखा युकेको दोस्रो अधिवेशन बेलायतको स्विनडनस्थित रनर रेस्टुरेन्टमा सम्पन्न भएको छ।

उक्त अधिवेशनबाट विनेसाम पश्चिमा शाखाको अध्यक्षमा गोमा राना मगर निर्विरोध निर्वाचित भएकी छन्। त्यस्तै वरिष्ठ उपाध्यक्षमा शान्ति लिम्बू, उपाध्यक्षमा जित बुढाथोकी छन्त्याल, सचिवमा गङ्गा भण्डारी, कोषाध्यक्षमा राजेन्द्र राई र सदस्यहरूमा हेम राई, प्रिन्स राई, अन्जान किराती, कमला गुरुङ र होमा लिम्बू निर्वाचित भएका छन्।

विनेसाम केन्द्रीय समितिका पूर्वउपाध्यक्ष तथा साहित्यकार विश्वास दीप तिगेलाले निर्वाचन मण्डलको अध्यक्ष र कवि मुकेश राईले सचिवको भूमिका निर्वाह गरेका थिए।

अधिवेशनमा साहित्यकार डा. सुमाया राईद्वारा लिखित ‘जिन्दगी फूल सम्झे फूल’ संस्मरण, साहित्यकार शान्ति लिम्बूद्वारा ‘थेम्सको लहरमा तमोरको सुसेली’ कवितासंग्रह र सेमन्त राईद्वारा लिखित ‘अँधेरीमा जुन’ मुक्तकसंग्रहको विमोचन भएको छ। उक्त संस्मरण, कवितासंग्रह र मुक्तकसंग्रहमाथि क्रमशः नरेश काङ्माङ राई, विश्वास दीप तिगेला र डा. सुमाया राईले टिप्पणी गरेका थिए।

विनेसाम पश्चिमा शाखा युकेका अध्यक्ष लाल सुन्दर (एलएस) राईको अध्यक्षतामा सम्पन्न भएको उक्त अधिवेशनमा प्रा.डा. मुलिबीर राईलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको थियो। कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गोमा राना मगरले स्वागत मन्तव्य राखेकी थिइन् भने सचिव जित बुढाथोकी छन्त्यालले कार्यक्रम सञ्चालन गरेका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!